Nic Ad Nic Ad
Nic Ad Nic Ad
जग्गा घोटाला प्रकरण

मुटुमा समस्या देखिएपछि चौधरी र थापा अस्पताल भर्ना

बिहीबार, माघ १८, २०८०

काठमाडौँ– बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरी र तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नरायण सिंह थापालाई चिरायु अस्पतालमा भर्ना गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नियन्त्रणमा रहेका ब्यवसायी चौधरी र  तत्कालीन अध्यक्ष थापाको मुटुमा समस्या देखिएपछि चिरायु अस्पतालमा भर्ना गरिएको हो । 

सीआईबीका एकजना अधिकृतका अनुसार हिरासतमा रहेका चौधरी र थापालाई मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको हो । 

बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनीहरु दुबै जनालाई सीआईबीले आजै पक्राउ गरेको हो । चौधरी र थापालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आजै सीआईबीलाई अनुमति दिएको छ ।

सो प्रकरणमा व्यवसायीलाई पक्राउ गरेको भन्दै निजी क्षेत्रले विरोध जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्