भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडौं- आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा नेपालले भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा हुने खेलका लागि भएको टस जितेर भारतका कप्तान उदय सरनले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।
नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको हुँदा आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।
नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।
आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने देखिन्छ । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८० १४:१०
प्रतिक्रिया दिनुहोस्