Nic Ad Nic Ad
Nic Ad Nic Ad
जग्गा घोटाला प्रकरण

चौधरी समूहका माइलाचाहिँ प्रचण्डनिकट ! भाईकाजीको ढुक्कै हुन्थ्यो बास

शनिबार, माघ २०, २०८०

काठमाडौं– बाँसबारी छालाजुत्ता कारखानाको जग्गाको विषयमा उद्योगी घरानाका कान्छा भाई अरुण चौधरी पक्राउ गरिएपछि अनेक किस्सा र कथा सतहमा आउन थालेका छन् । 

कुनै बेला माओवादीमा नै रहेका र प्रधानमन्त्री तथा उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट रहेका विवादीत मेडिकल ब्यावसायी दुर्गा प्रसाईंले यहि सन्दर्भमा टिप्पणी गरेका थिए,‘प्रचण्डको ९७ करोड चौधरी समूहका माइला भाई बसन्तसँग रहेको छ ।’

प्रचण्डको रकम बसन्तले चलाएका छन् या छैनन् भन्ने विषयको पुष्टि नभए पनि सम्बन्ध रहेका कतिपय उदाहरण र किस्साचाहिँ बलियो छ । 

खासगरी बसन्तको प्रचण्डसँगको नाता बुहारी बिना मगरमार्फत रहेको स्पष्ट नै थियो । कारण बिनाले भाईटिका लगाउने भाईकाजी घिमिरे नामका एक जना वाईसीएलका कार्यकर्ता कुनै बेला बसन्तको सम्पत्तिमा रजगज गर्थे। बिना प्रकाश दाहालकी पत्नी भएका कारण भाईकाजीको बसन्तसम्मको कनेक्शन रहेका कारण प्रसाईंका तर्कमा दम रहेको जानकारहरू बताउँछन् । 

यति मात्र होइन उनको खर्चपानी देखि सवारी साधनको सुविधा पनि बसन्तले नै गरेका थिए । 

स्रोतहरूका अनुसार अहिले पनि भाईकाजीका कतिपय काममा बसन्तको साथ रहँदै आएको थियो। यहाँसम्मकी बसन्त आफैं पनि माओवादीप्रति लिबरलमात्र बनेनन् सदस्यता नै लिएकोसम्मका चर्चा सतहमा आएका थिए ।

तत्कालिन नेकपा सरकारमा बिना खानेपानी मन्त्री हुँदा भाईकाजीको राम्रै चल्ने गरेको थियो । भाईकाजीको सम्बन्ध प्रचण्ड परिवारका अन्य सदस्यसँग पनि निक्कै गहिरो रहेको बताइन्छ ।

त्यसैले पनि प्रचण्डलगायतका परिवारका सदस्य बिरामी हुँदा होस् या छोरा प्रकाश दाहालको निधनपछि बसन्तको नर्भिक अस्पतालमा नै लगिएको थियो । 

यसको प्रबन्ध मिलाउने काम पनि परिवारका सदस्यसहित भाईकाजीले गर्दै आएका थिए । यहाँसम्मकी प्रचण्डपत्नी सीता दाहालको अन्तिम स्वास पनि नर्भिक अस्पतालमा नै गएको थियो । 

‘दुर्गा प्रसाईले भनेको कुरामा कहिँ न कहिँ सत्य रहेका अनेक प्रमाण भेटिन्छन् । व्यापारी भएका कारणले मात्र होइन, आन्तरिक कारोबार पनि छन्’, उच्च स्रोतले भन्यो । 

तर सोही समूहमाथि प्रचण्डले निर्मम तरिकाले अनुसन्धानका लागि अनुमति दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सक्रियताका साथ छानबिनमा छ । 

चौधरी समूहका जेठा दाजु बिनोद चौधरीले पनि कुनै प्रकारको लेनदेन हुनसक्ने आँकलनका साथ नेपाली कांग्रेसको संसदीय दलको बैठकमा राजनीतिक प्रतिशोध लिन खोजिएको भन्ने अभिव्यक्ति दिएका छन् । 

सतहमा अझै धेरै तथ्यको उजागर विस्तारै हुँदै जाने समाचार सुत्रहरू बताउँछन् ।  
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्