गठबन्धन सरकारको देशप्रति चिन्ता र ध्यान छैन् : अध्यक्ष ओली
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको देशप्रति चिन्ता र ध्यान नरहेको बताएका छन् ।
शनिबार काठमाडौँमा टुँडिखेलमा युवा महोत्सव, २०८० को उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा रोजगारीका अवसर नहुदा युवाहरु विदेशीन बाध्य हुदा पनि सरकारको देशप्रति चिन्ता र ध्यान नरहेको बताएका हुन् ।
सरकार रेमिटेन्स आइरहेकोका खुसी मनाइरहेको भन्दै ओलीले रेमिटेन्सले चलेको अर्थतन्त्र जस्तो धराप अरु हुन नसक्ने जिकिर गरे । उनले मुलुकमा लाखौ पर्यटकहरु भित्राउने भनिएपनि पूर्वाधारमा समेत ध्यान दिन नसकेको बताउनुभयो । अहिलेकै अवस्था रहे २० लाख पर्यटक भित्राउन सम्भव नहुने उनले बताए ।
‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन महोत्सव आयोजना गरिएको नेकपा एमाले काठमाडौँले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० १८:०६
प्रतिक्रिया दिनुहोस्