Nic Ad Nic Ad
Nic Ad Nic Ad

डीआईजी चन्दको राजीनामा फिर्ता, १० दिन बिदा स्वीकृत

सोमबार, माघ २२, २०८०
samridhi jewllers

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ ।

राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

चन्दले शुक्रबार राजीनामा दिएका थिए । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले  प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए ।
उनलाई १० दिन बिदा दिइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्