Nic Ad Nic Ad
Nic Ad Nic Ad

अरुण चौधरीलाई थप २ दिन थुनामा राख्न अदालतको अनुमति

सोमबार, माघ २२, २०८०

काठमाडौँ– जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि अनुसन्धान गर्न दुई दिन म्याद थप गरेको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार अभियुक्तहरुलाई दुई दिन थुनामा राखी थप अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्