नेभिगेशन
सुरक्षा–अपराध
सुमेरु सहकारी प्रकरण

सुमेरु सहकारी प्रकरण : महर्जनविरुद्ध रेड नोटिस जारी

काठमाडौँ– सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ ।

ललितपुरको पुल्चोकस्थित सहकारीको तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले सीआईबीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाउन महर्जनविरुद्ध रेड नोटिस जारी भएको हो ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा महर्जनविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको सीआईबीले जनाएको छ ।

महर्जनले करिब ३५ हजार बचतकर्ताले सहकारीमा राखेको १० अर्ब भन्दाबढी रकम हिनामिना गरेको सीआईबीको भनाई छ । बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेपछि महर्जन फरार छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ