नरवीर खड्कासहित ४ जना पुर्पक्षको लागि जेल चलान
काठमाडौँ– भिजिट भिसा प्रकरण पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।
फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा खड्कासहित ४ जनालाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमले आजको थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।
पुर्पक्षको लागि कारागार चलान हुनेमा अधिकृत खड्का, ट्राभल्स सञ्चालक मनोज तामाङ लामा र सरोज कुमार यादव र बिचौलिया अरुण दाहाल रहेका छन् ।
त्यस्तै, अदालतले सोहि प्रकरणमा संलग्न दिनेश ज्ञवालीसँग ७ लाख, राम प्रसाद भण्डारीसँग ७ लाख, गीता शाहसँग ५ लाख, विनोद कार्कीसँग २ लाख धरौटी माग गरेको छ । त्यस्तै, रविन अर्याल र पदम लामासँग पनि १–१ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८० २०:४२
प्रतिक्रिया दिनुहोस्