नेभिगेशन
अर्थ विविध

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भइरहेकाे छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेकाे छ । चाँदी एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्