Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाँसबारी जग्गा प्रकरण : पक्राउ परेका अरुण चौधरीसहित तीनै जना रिहा

बुधबार, माघ २४, २०८०

काठमाडौं- बाँसबारी छालाजुत्ता प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीनै जना हिरासत्त मुक्त भएका छन् ।

जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरू रिहा भएका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई गत माघ १८ गते पक्राउ गरेको थियो ।

प्रहरी हिरासत भनिए पनि उनीहरू स्वास्थ्यको कारण देखाउँदै सुरुमा चिरायु र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्