नेपालले गुमायाे सातौँ विकेट, पवन १५ रन बनाएर आउट
काठमाडौ -प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गरेका पवन सरार्फ १५ रन बनाएर आउट भएका छन्।
३४ बलमा एक चौका प्रहार गरेका पवनलाई साहिद अहमदजाईले एलबिडब्लू धरापमा पारेका हुन् । उनले राष्ट्रिय टोलीमा स्थान बनाउने ठूलो अवसर गुमाएका छन्।
पवन आउट भएसँगै नेपाल १८१–७ को अवस्थामा छ । अलराउन्डर सोमपाल कामी र डेब्यु खेलाडी सूर्य तामाङ क्रिजमा छन्।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० १२:५०
प्रतिक्रिया दिनुहोस्