Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडाविरुद्ध कप्तान रोहितले दिलाए नेपाललाई अर्काे सफलता

बिहीबार, माघ २५, २०८०

काठमाडौं- एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो सफलता दिलाएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाका पर्गत सिंहलाई रोहितले १९.४ ओभरमा पभेलियनको दिशा देखाए । 

क्यानडाबाट अर्धशतक बनाएका पर्गतले निकालस किर्टोनसँग ७९ रनको साझेदारी गर्दै टिमको इनिङ सम्हालेका थिए । क्यानडाको यो साझेदारी तोडेका रोहितले पर्गतलाई ५० रनमा ललितनारायण राजवंशीबाट क्याच गराए ।

जारी खेलको २२ ओभर समाप्त हुँदा क्यानडाले तीन विकेट गुमाएर १२२ रन बनाएको छ ।

यसअघि नेपालका लागि रिजन ढकाल र सोमपाल कामीले विकेट लिएका हुन् । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्