Nic Ad Nic Ad
Nic Ad Nic Ad
क्यानडाविरुद्ध सिरिजको पहिलो खेल

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

बिहीबार, माघ २५, २०८०

काठमाडौं- एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ । 

बिहीबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । 

जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमा समेटियो । नेपालले दिएको लक्ष्य नजिक पुगेको क्यानडाले अन्तिम समयमा विकेट जोगाउन नसक्दा पराजय भोग्न बाध्य भयो । नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । 

त्यस्तै, ललित राजवंशीले दुई विकेट लिदा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिएका थिए । क्यानडाका निकोलस किर्तोनले ६८ र पर्गत सिंहले ५० रनको पारि खेलेका थिए ।

Nepal-canada-crisket-match-2024-1707396455.jpg

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको इनिङ्स खेलेका थिए । क्यानडाका उदय भगवानले सर्वाधिक ३ तथा साद बिन जफर र इशवरजोत सोहीले समान २ विकेट लिएका थिए । साहिद अहमदजई र हर्ष ठाकरले समान एक एक विकेट हात पारे ।

घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडासंग एकदिवसीय सिरिज खेलेको हो । सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्