Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते

शनिबार, माघ २७, २०८०

चितवन- चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् ।

samridhi jewllers

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्