Nic Ad Nic Ad
Nic Ad Nic Ad
क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल

क्यानडाविरुद्ध नेपालकाे लगातार दोस्रो जित

शनिबार, माघ २७, २०८०

काठमाडौँ– क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले पराजित गरेको हो । 

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाए । यस्तै देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्