Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंको गेष्ट हाउसमा महिलाको शव भेटियो, गलत विवरण टिपाएका पुरुष खोज्दै प्रहरी 

आइतबार, माघ २८, २०८०

काठमाडौं– राजधानीको एउटा गेष्ट हाउसमा ४५ बर्षिया महिलाको शव फेला परेको छ। दुई दिनदेखि गेष्ट नआएपछि ढोका खोल्दा महिलाको शव फेला परेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। 

काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको गेष्ट हाउसमा शव फेला परेपछि प्रहरी वृत्त, गौशालाको टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार शव नजिकै डोरी समेत बरामद गरिएको छ। 

सिरहा धनुषा होटल एण्ड गेष्ट हाउसका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा आएको बयान दिएका छन्। ति पुरुषले गलत विवरण टिपाएका कारण महिलाको हत्या आशंका गरिएको छ। 

अहिले घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर खटिएको छ। 
स्रोतका अनुसार, मृतक महिलालाई यसअघि प्रहरी वृत्त, गौशालाले देहव्यापारमा संलग्न रहेको आरोपमा मुद्दा समेत चलाएको थियो। 
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्