नेभिगेशन
समाज विविध

एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ ।

दैलेखको पार्टी कार्यक्रमका लागि जाने क्रममा महासचिव सवार गाडी सडकमै पल्टिएको हो । घटना भने हिजो शनिबारको हो । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको हो ।

हिजै भएको भए पनि दुर्घटनाको तस्बिर भने आज उपमहाचिव विष्णु रिमालले सार्वजनिक गर्नुभएको हो । रिमालले आइतबार एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना भन्दै दुर्घटनाको तस्बिर सार्वजनिक गर्नुभएको हो।

दुर्घटनामा एमाले कर्णाली प्रदेशकी उपचसिव पद्मा खड्काको हातमा भने चोट लागेको छ । उहाँको हातमा प्लास्टर गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता