Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिराहाबाट पेस्तोलसहित १ जना पक्राउ

सोमबार, माघ २९, २०८०
samridhi jewllers

सिरहा- सिराहाबाट औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

सरोजको शरीर खानतलासी गर्दा पेस्तोल फेला परेपछि उनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

गत शनिबार राति संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बसेको घरमा पुगेर झगडा गरेपछि सरोजको शरीर प्रहरीले खानतलासी गर्दा पेस्तोल फेला परेको हो ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्