Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले मालदिभ्सलाई दियो २ सय २८ रनको लक्ष्य

मंगलबार, फागुन १, २०८०

काठमाडौँ- नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्