मालदिभ्सविरुद्ध नेपाल विजयी
काठमाडौँ– एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार मालदिभ्सलाई २ सय १४ रनले हराएको छ ।
२ सय २८ रनको लक्ष्य पाएको मालदिभ्स १३ रनमा अलआउट भयो । नेपालकी अस्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुबिना क्षेत्रीले ३/३ विकेट लिए ।
अस्मिनाले ४ ओभरमा ७ रन, रुबिनाले ३.५ ओभरमा २ रन र पुजाले ३ ओभरमा २ रन खर्चिएका थिए । लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० १४:४३
प्रतिक्रिया दिनुहोस्