नेभिगेशन
समाज विविध

पाल्पाकाे चिदिसामा जिप दुर्घटना, ८ जनाको मृत्यु

पाल्पा– पाल्पाको चिदिसामा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीच भागमा आज साँझ दुर्घटना भएको हो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले दिएको जानकारी अनुसार दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ। 

घटना विस्तृत विवरण आउन बाँकी छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता