यूएईबाट आएका टर्किस नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौँ- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ ।
बिहीबार बिहान साढे ११ बजे युएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध भारतीय मुद्रा बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ ।
बुधबार पनि झण्डै एक करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १५:१२
प्रतिक्रिया दिनुहोस्