Nic Ad Nic Ad
Nic Ad Nic Ad
आईसीसी विश्वकप क्रिकेट लिग–२

आइसिसी विश्वकप लिग-२ : नेपाल नामिबियासँग पराजित

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो ।

नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो ।

नेपालका भीम सार्कीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले ८, करण केसीले १६, आसिफ सेखले ४, सोमपाल कामीले २, कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।

त्यस्तै नामिबियाका बलर गेर्हार्ड एरासमसले सर्बाधिक ५ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रासेलले २-२ विकेट लिएका थिए । त्यस्तै जान निकोलले एक विकेट लिएका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्