Nic Ad Nic Ad
Nic Ad Nic Ad
अपहरणकारीकाे समूह पक्राउ

अमेरिका पठाउने प्रलोभनमा नेपाल बोलाएर भारतीयहरुलाई बन्धक बनाउने समूह पक्राउ

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ– नेपाल प्रहरीले अमेरिका लैजान भन्दै नेपाल ल्याएर भारतीयहरुलाई बन्धक बनाएर राख्ने समूहलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै अमेरिका पठाउने भन्दै दुवई कतार र भारतको नयाँ दिल्लीबाट बोलाएर ११ जना भारतीयलाई बन्धक बनाउने ८ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

अमेरिका पठाउने प्रलोभन देखाएर उनीहरुलाई नेपाल बोलाइएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुले नक्कली बोडिङ पास, छाप नक्कली बनाएको फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । पक्राउ पर्नेमा भारतीय नागरिकहरु अब्दुल रहिम, इन्दुसिंह यादव, चरणजित सिंह, अशोक कुमार, मनिषकुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया र नेपाली नागरिक रामचन्द्र शर्मा रहेको उनले बताए । उनीहरुले बन्धकमा राखेर चरम यातना दिएको अनुसन्धानबाट खुलेको खत्रीले जानकारी दिए ।

पक्राउ गरिएका मध्ये नेपाली नागरिकले भारतीयहरुलाई रातोपुलमा राख्ने व्यवस्था गरेका थिए । अमेरिका जान पीडितहरूले ४५ लाख भारतीय रुपैयाँसम्म दिएको खुलेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्