Nic Ad Nic Ad
Nic Ad Nic Ad
ललिता निवास जग्गा प्रकरण

ललिता निवास प्रकरणमा १२ जना दोषी ठहर, क–कसले पाए सफाइ ? [फैसलासहित]

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ– [अपडेट] ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा  कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीसमेतलाई दोषी ठहर गरेको बताए । उनीहरुलाई २ वर्ष कैद सजाय तोकिएको छ । त्यस्तै, ९ करोड रुपैयाँ जरिवाना १२ जनाले दामासाहीले तिर्नेुपर्ने फैसला समेत भएको प्रवक्ता कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार अदालतले ललिता निवासको जग्गा राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । उनका अनुसार, जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुनेछैन ।

यस्तो छ फैसला –

Bishesh-adalat1-1708007523.jpg

Bishesh-adalat2-1708007523.jpg

Bishesh-adalat3-1708007523.jpg

Bishesh-adalat4-1708007523.jpg

Bishesh-adalat5-1708007523.jpg

Bishesh-adalat6-1708007524.jpg

Bishesh-adalat7-1708007524.jpg

Bishesh-adalat8-1708007524.jpg

Bishesh-adalat9-1708007524.jpg

Bishesh-adalat10-1708007525.jpg

Bishesh-adalat11-1708007525.jpg

Bishesh-adalat12-1708007525.jpg

Bishesh-adalat13-1708007525.jpg

Bishesh-adalat14-1708007525.jpg

Bishesh-adalat15-1708007526.jpg

Bishesh-adalat16-1708007526.jpg

Bishesh-adalat17-1708007526.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्