ललिता निवास प्रकरण : विजयकुमार गच्छदार र डम्बर श्रेष्ठलाई सफाइ
काठमाडौं– विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठलाई सफाइ दिएको छ ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दाबी पुग्न नसकेको ठहर गरेको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा ललिता निवासको जग्गा प्रकरणमा विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठलाई सफाइ बताएका हुन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १९:१३
प्रतिक्रिया दिनुहोस्