Nic Ad Nic Ad
Nic Ad Nic Ad
ललिता निवास जग्गा प्रकरण

ललिता निवास प्रकरण : भाटभटेनीका मालिक गुरुङ दोषी ठहर

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ– विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक गुरुङलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा ललिता निवासको जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई मुख्य प्रतिवादी सरह दोषी ठहर गरेको बताएका हुन् । उनका अनुसार गुरुङलाई २ वर्ष कैद सजाय र विगो बमोजिम ८० लाख ४८ हजार रुपैयाँ जरिवाना हुने ठहर भएको छ ।

प्रतिक्रिया दिनुहोस्