Nic Ad Nic Ad
Nic Ad Nic Ad
ललिता निवास जग्गा प्रकरण

नीतिगत निर्णय गरेर लुटको बाटो खोलिदिने निर्दोष भए : अध्यक्ष थापा

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णय गर्नेहरुलाई उन्मुक्ति दिएको बताएका छन् ।

विशेष अदालतले आज सो प्रकरणमा फैसला सुनाएपछि सामाजिक सञ्जाल एक्समा अध्यक्ष थापाले नीतिगत निर्णय गरेर लुटको बाटो खोलेर ठूलो भाग भाग खानेहरु निर्दोष भएको प्रतिकृया दिएका छन् ।

उनले लेखेका छन्, – ‘जसको आदेशमा भ्रष्टाचार भयो, जसले नीतिगत निर्णय गरेर लुटको बाटो खोलिदिए,जसले सबैभन्दा ठूलो भाग खाए, उनीहरू निर्दोष भए ।’

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । 

त्यस्तै, तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् । सफाइ पाउनेमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशी रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्