नेभिगेशन
समाचार
कांग्रेसको केन्द्रीय समिति बैठक

कांग्रेस केन्द्रीय समितिमा मूल नीतिगत प्रस्ताव पेस

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमितिको बैठकमा प्रस्तुत हुने मूल नीतिगत प्रस्ताव पेश गरिएको छ । 

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ६४ पृष्ठको नीतिगत प्रस्ताव संक्षिप्त रुपमा प्रस्तुत गरेका हुन् ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन पेश गर्नुभएको छ भने महमन्त्री गगनकुमार थापाले ४५ पेजको सांगठनिक प्रतिवेदन पेश गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

महामन्त्री थापाको प्रतिवेदनमा पार्टीभित्र इमानदारितापूर्वक आत्मसमीक्षा,आत्मनिरीक्षण र आत्मसंकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै बैठकमा अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रका बिषयमा र स्वास्थ्यमन्त्रीले मन्त्रालयले गरेका कामका बारेमा जानकारी गराएका थिए । कांग्रेस बैठक शुक्रबार पनि बस्ने विश्वकर्माले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार