Nic Ad Nic Ad
Nic Ad Nic Ad
माओवादीको विधान अधिवेशन

माओवादी केन्द्रले सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट गठन गर्ने

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचनको विधिबाट गठन गर्ने निर्णय गरेको छ । 

बिहीबार काठमाडौंमा सम्पन्न माओवादीको प्रथम विधान अधिवेशनले पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित गर्दै आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने निर्णय गरेको हो ।

पदाधिकारी भने निर्वाचित कमिटीले चयन गर्ने निर्णय भएको छ । बैठकले आगामी अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाइने, ११ जनाको केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको छ । 

बैठकले सबै जवसको सम्मेलन गर्ने र पुर्नगठन गर्ने निर्णय गरेको छ । बैठकले प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए । नाम र चुनाव चिह्नका विषयमा प्रश्न उठेपनि अहिले नै नाम र चुनाव चिह्न परिवर्तन गर्ने निर्णय नभएको उनले बताए । 

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले विधान अभिवेशन अत्यन्त सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकाथिए । उनले प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नेगरी विधान बनाइने बताउँदै त्यसैले सङ्घीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने अध्यक्षले जानकारी दिए । उनले मोर्चाहरुलाई वैचारिक तालिमसहित स्वायतता दिने र जनवर्गीय सङ्गठनलाई पनि विस्तार गरिने बताए ।

अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकबाट कार्यविभाज गरेर जानकारी दिइने बताउनुभयो । प्रचण्डले फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्