Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहाडी क्षेत्रमा वर्षा र हिमपात, अन्यत्र मौसम सफा रहने

शुक्रबार, फागुन ४, २०८०

काठमाडौ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारणले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ। तराइका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०६:३९
प्रतिक्रिया दिनुहोस्