Nic Ad Nic Ad
Nic Ad Nic Ad
किसानकाे विरोध

सरकारले भुक्तानी नदिएपछि चितवनका किसानले सडकमै पोखे दूध

आइतबार, फागुन ६, २०८०

चितवन- सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् ।

दूध बिक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्धको आन्दोलनका क्रममा उनीहरूले आइतबार सडकमै दूध पोखेर विरोध जनाएका हुन्। उनीहरुले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् ।

चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आवद्ध भएका किसानहरुले दूध पोखेका थिए । उनीहरुले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्