नेभिगेशन
समाचार
मन्त्रिपरिषद बैठककाे निर्णय

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल बर्खास्त

काठमाडौँ– सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशक पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

पौडेलले अमेरिकी स्थायी आवासीय अनुमति पीआर लिएको देखिएकाले बर्खास्त गरिएको मन्त्री शर्माले जानकारी दिइन् । 

अहिले पौडेल गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि विशेष अदालतको आदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । अख्तियारले उनीविरुद्ध सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार