नेभिगेशन
समाज विविध

कावासोतीमा ५ गिद्ध मृत फेला

नवलपरासी– कावासोतीमा पाँच गिद्ध मरेको अवस्थामा फेला परेका छन् ।

७ वटा घाइते गिद्धको उपचार भइरहेको स्थानीयको भनाइ छ । आइतबार कावासोती नगरपालिका–११ को लोकाहा खोलाको किनारमा गिद्ध मृत अवस्थामा फेला परेका हुन् ।

मरेको स्याल खाएको कारण गिद्ध मरेको हुनसक्ने अनुमान गरिएको छ। हिमाली गिद्ध एउटा र डंगरजातको एउटासहित ५ वटा गिद्ध मरेको संरक्षणकर्मी डिबी चौधरीले बताए ।

सुनगिद्ध जातको एउटा र डंगर गिद्धसहित ७ वटा घाइते छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध