नेभिगेशन
समाचार

बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ बाट सुरु हुने

हेटौँडा– बागमती प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ बाट सुरु हुने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशसभा फागुन १५ गतेबाट  सुरु हुने जानकारी दिए ।

प्रदेशसभाको अधिवेशन गत असोज २२ गतेबाट स्थगित भएको थियो । वर्षे अधिवेशनपछि स्थगित भएको अधिवेशन  पटक–पटक आव्हान गर्ने प्रयास हुँदा पनि विपक्षसँगको सहमति नहुँदा प्रदेशसभा सुरु हुन सकेको थिएन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार