Nic Ad Nic Ad
Nic Ad Nic Ad

जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

मंगलबार, फागुन ८, २०८०
samridhi jewllers

दमौली-तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका-६ का ५६ वर्षीय शेरबहादुर गुरुङक सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका-९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्