Nic Ad Nic Ad
Nic Ad Nic Ad
वाफ वुमन्स च्याम्पियनसिप: नेपाल–सिरिया

वाफ च्याम्पियनसिपमा नेपालकाे विजयी सुरुवात 

मंगलबार, फागुन ८, २०८०

काठमाडौँ – वाफ वुमन्स च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाएको नेपालले विजयी सुरुवात गरेको छ । 

साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा मंगलबार साँझ भएको खेलमा सिरियालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितमा नेपालले विजयी सुरुवात गरेको हो । 

खेलमा नेपालका लागि अमिसा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एकरएक गोल गर्न सफल भए । खेलको १० औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाउन सफल भइन् । लतत्तै तीन मिनेट मै अनिता बस्नेतले कर्नरबाट शानदार गोल गरिन् ।

त्यस्तै, १९ औं मिनेटमा सावित्रा भण्डारीले अर्को गोल गर्दैै खेललाई ३–० शुन्यको अवस्थामा पुर्याउन सफल भइन् ।

खेलको ४२ औं मिनेटमा सिरियाले एक गोल फर्काएको थियो । खेलको ६९ औं मिनेटमा  नेपालकी  रेखा पौडेलले गोल गर्न सफल भइन् ।

मध्यपूर्व एसियाली फुटबलमा नेपालले आमन्त्रित टोलीका रुपमा प्रतियोगिता खेल्ने अवसर पाएको हो । नेपालले १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ।  

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २२:०५
प्रतिक्रिया दिनुहोस्