नामिबियाविरुद्ध नेपालले गुमायाे तेस्राे विकेट
काठमाडौं- विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले ५ रनको अन्तरमा ३ विकेट गुमाएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले सातौँ ओभरमा लगातार दुई विकेट र आठौँ ओभरमा अर्को एक विकेट गुमाएको हो ।
नामिबियाका बर्नार्ड स्कल्जले गरेको सातौँ ओभरको दोस्रो बलमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो । सोही ओभरको चौथो बलमा नेपालले तेस्रो क्रममा ब्याटिङका लागि आएका अनिल साहलाई पनि गुमायो ।
भुर्तेलले नेपाली टिमको खातामा १८ रन थपे । अनिल भने डक भए । यस्तै नेपालले आठौँ ओभरमा चौथो क्रममा ब्याटिङका लागि आएका देव खनाललाई पनि शून्य रनमा गुमायो । पाँच बल खेलेका देवले खाता खोल्न सकेनन् ।
जारी खेलको नौ ओभर पूरा हुँदा नेपालले तीन विकेट गुमाएर ५६ रन बनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १०:३२
प्रतिक्रिया दिनुहोस्