Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीरगञ्जको कर्फ्यु ११ घण्टाका लागि हटाइयाे

बुधबार, फागुन ९, २०८०

पर्सा- वीरगन्जमा साेमबारदेखि लगाइएको कर्फ्यू बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ।

samridhi jewllers

बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले वीरगन्ज महानगर क्षेत्रमा साेमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेकाे हाे।

वीरगन्जमा साेमबारदेखि दुई फरक धर्म समुदायबिचकाे द्वन्द्वका कारण उत्पन्न तनावकाे स्थिति साम्य हुदै गएकाेले सर्वसाधारण नागरिककाे सुविधा र सहजतालाई मध्यनजर गरी अर्काे आदेश नभएसम्मका लागि साेमबार साँझदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजे देखि राति १० बजेसम्मका लागि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

यसअघि मंगलबार राति बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यू खुल्ला गरिने र बिहान ११ बजेपछि पुन कर्फ्युलाई यथावत राख्ने निर्णय गरेकाे थियाे ।तर बुधबार बिहान १० बजे फेरि बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले भने अवस्था सामान्य बन्दै गएकाे देखेपछि बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाउने निर्णय गरेकाे भुसालले बताए ।

यसअघि मंगलबार राति जिल्ला प्रशासन कार्यालयमा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबिच तनावग्रस्त बनेकाे वीरगन्जको अवस्था साम्य पार्न सहमति भएकाे थियाे।उक्त सहमतिमा मंगलबार दिउँसो सर्वदलीय-सर्वपक्षीय बैठकले गरेका पाँच बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएकाे थियाे ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्