सेयर बजारमा ७.८३ अंककाे गिरावट
काठमाडौं- सेयर बजारमा ७.८३ अंककाे गिरावट आएकाे छ। बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको हाे ।
यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ ।
बुधबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १५:३६
प्रतिक्रिया दिनुहोस्