Nic Ad Nic Ad
Nic Ad Nic Ad
एकदिवसीय सिरिज

नेपाल ‘ए’ लाई हराउँदै क्यानाडा-११ ले जित्यो एकदिवसीय सिरिज

बिहीबार, फागुन १०, २०८०

काठमाडौं- तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल एलाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ ।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले ५८ र आरोन जोन्सनले ४२ रनको योगदान दिए ।

यसअघि मुलपानी क्रीकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा समेटिएको थियो ।

नेपालका लागि अशुन्तोष घिरैयाले २८, बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जिसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिएका थिए । शेर मल्ल र शाहब आलम शून्य रनमा आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।

बलिङमा क्यानडाका हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २–२ विकेट लिए । कलिम साना र साद बिन जफरले १–१ विकेट लिए ।

यससँगै ३ खेलको एकदिवसीय सिरिज २–१ ले क्यानडाले आफ्नो पक्षमा पारेको हो । पहिलो खेल ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा २ विकेटले विजयी भएको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्