घुससहित पक्राउ परेका वरिष्ठ हवल्दार सिंह दोषी ठहर
काठमाडौँ- सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लागेका बुढानीलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विष्णु सिंह दोषी ठहर भएका छन् ।
विशेष अदालतले शुक्रबार सिंहलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
कार्कीका अनुसार ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोप उनीविरुद्ध लागेको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० १६:४४
प्रतिक्रिया दिनुहोस्