नेदरल्याण्ड्ससंग नेपाल ८ विकेटले पराजित
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।
घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासँगको दुवै खेलमा पराजित भएको थियो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाएको थियो ।
योसँगै यस सिरिजमा नामिबियाले ४ खेलमा ३ जितसहित ६ अंक हासिल गरेर सिरिज जितेको छ भने नेदरल्याण्डसले ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गरेको छ । त्यसैगरी नेपालले भने ४ खेलमा केवल एक खेल मात्र जितेर २ अंक हासिल गरको छ ।
लिग-२ को यो सिरिज सकिएसँगै अब नेपाल, नेदरल्याण्डस र नामिबियाले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छन् । सिरिजको पहिलो खेल फेब्रुअरी २७ मंगलबार टियु मैदानमा नेपाल र नामिबिया खेल्दै छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० १६:३८
प्रतिक्रिया दिनुहोस्