कप्तान रोहितसहित ६ क्रिकेटरकाे तलब मासिक एक लाख पुग्याे
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ ।
शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब पनि बढाउने निर्णय गरेको हो।
ग्रेड ‘ए’मा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल परेका छन् । यस्तै ग्रेड ‘बी’मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनास बोहरा छन् ।
विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जीसी ग्रेड ‘सी’मा परेका छन् । यस्तै ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन्।
यस्तै क्यानले इमर्जिङ क्याटोगरी पनि राखेको छ । इमर्जिङ क्याटोगरीमा कोशीका दिपेश कँडेल, मधेशका रुपेश सिंह, बागमतीका रिजन ढकाल, गण्डकीका बिपिन खत्री, लुम्बिनीका देव खनाल, कर्णालीका अर्जुन घर्ती र सूदुरपश्चिमका हेमन्त धामी परेका छन्।