इजरायली सेनाद्वारा गाजाको ‘रफाह आक्रामण योजना’ सार्वजनिक
जेरुसेलम– इजरायली सेनाले दक्षिणी गाजाको शहर रफाहमा नागरिकहरूलाई सुरक्षित निकाल्ने लगायतका सैन्य योजना मन्त्रिपरिषद्मा प्रस्तुत गरेको सार्वजनिक भएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा गाजाको रफाह आक्रामण योजनाबारे जानकारी दिइएको छ । अन्तर्राष्ट्रिय समुदायले इजरायललाई राफाहमा भूमिगत कारबाही नगर्न आह्वान गरेपछि योजनाबारे सुचना बाहिर आएको हो ।
१० लाखभन्दा बढी मानिसहरू इजरायली बमबारीबाट अन्यत्र आश्रय खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हाल मानवीय सहायताका ट्रकहरू दक्षिणी एन्क्लेभमा अवस्थित दुई क्रसिङहरू हुँदै गाजामा प्रवेश गर्ने गरेका छन् ।
पछिल्लो समय मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ ।