नेभिगेशन
समाचार
टिप्पणी 

राजनीति नै धरापमा पार्ने कारण बन्दैछिन् महेश बस्नेतकी ‘शोभा’

काठमाडौं– ‘अरेली काँडैले च्वास्स च्वास्स’ भन्ने गीतमा शोभा पाठकले एमाले पोलिटब्युरो सदस्य तथा युवा फाँट इञ्चार्ज महेश बस्नेतसँग सामिप्यतासहितको टिकटक सार्वजनिक गरेपछि शुरु भएको विवादको प्रकरणले नयाँ चरण पाएको छ।

खासगरी बस्नेतको राजनीतिक जीवनका लागि अहिलेसम्मको प्रकारान्तरका घटनाक्रम एउटा नमिठो दुर्घटनाको कारण बन्ने सम्भावना छ। किनभने, पाठक स्वयमले ५ बर्षदेखि बस्नेतसँग आफ्नो सम्बन्ध कायम रहेको सार्वजनिक बयान दिएकी छन् भने यसमा बस्नेतको खासै प्रतिक्रिया सार्वजनिक भएको छैन। 

यो विवादको विकासक्रमको परिघटना अहिले साइबर अपराधमा थुनामा रहेका युट्युवर मनोज मानवसँग पनि जोडिन्छ। यहि प्रकरणमा मनोज मानवले महेश बस्नेत र शोभा पाठकसँग गरेका कुराकानीका कतिपय अडिओ लिक भएका थिए, सामाजिक सञ्जालमा। 

जसमा बस्नेतले राजनीतिक व्यक्तित्वलाई बचाऊमा राखी खासै प्रतिक्रिया दिएका छैनन् भने पाठकसँगचाहिँ ‘आमाचकारी’ गालीसहितको संवाद छ। 

हुन त बस्नेतमाथि लागेको यो पहिलो आरोप होइन । चौतर्फी घेराबन्दीबीच बस्नेतको राजनीतिक गतिलाई निस्तेज पार्न शोभा पाठकको सम्बन्ध स्वीकारोक्ति एक कारण बन्न सक्छ। 

यसलाई बस्नेतविरुद्धको तेजस्वी बयानबाजी गरिरहेका अभियन्ता दुर्गा प्रसाईंका लागि खुराक बनेको छ भने बस्नेतका लागि अब राजनीतिक जीवन जोगाउने प्रतिरोधको अवस्थाभन्दा केही पनि बाँकी छैन। त्यहाँमाथि पाठकले आफूमाथि बस्नेतका कार्यकर्ताले आक्रमण गरेको भनी बयानबाजी गरेकी छन् र पार्टी कार्यालयमा पनि उजुरी गरेकी छन्। 

हुन त एमालेमा यस्ता धेरै उजुरी परेका छन् र कतिपय कारबाही भएका छैनन्। तर, बस्नेतका हकमा भने संगठनभित्र नै घेराबन्दीमा लागेका पक्षका लागि भने मलजल गर्ने कारण बनेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नै रहेका बस्नेतविरोधी कित्ताका लागि यो मलिलो खुराक हो। ‘अब अर्को पक्षले पाठकको राजनीति जोगाइदिने तर त्यसका निम्ति बस्नेतविरुद्ध खुलेर लाग्नका लागि उचाल्नेछन्’, स्रोतहरूको दाबी छ,‘राजनीतिमा यस्ता दाउपेच आजका मात्र हतियार बनेका होइनन्, यसअघि पनि बनाइएका छन्।’

यस हिसाबले बस्नेतको पारिवारिक र सामाजिक प्रतिष्ठामा त प्रश्नको जालो बनिरहेको पाठक प्रकरण राजनीति नै धरापमा पार्न सक्ने एक भयानक हतियार बनाइने पक्कापक्की छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार