बारा विस्फोट : मृत्यु हुनेको संख्या ३ पुग्यो
काठमाडौं- बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । विस्फोटमा परी घाइते भएका वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो।
निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो ।
विस्फोटमा घाइते वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवाल र वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो । तीन जना घाइतेको उपचार भइरहेको छ ।
विस्फोटबाट कारखानानजिकका घरहरूमा समेत क्षति पुगेको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ। प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।