सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला वाइबालाई काठमाडौं ल्याईयो
काठमाडौं - सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ ।
कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको थियो ।
सिन्धुपाल्चोकबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइँदै गरेको सिन्धुपाल्चाृक प्रहरीले जनाएको छ ।
कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए।
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८० १७:५९
प्रतिक्रिया दिनुहोस्