नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य
काठमाडौं- त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । जारी शृङ्खलामा बनेको याे अहिलेसम्मकै उच्च स्कोर हो ।
नेदरल्याण्ड्सका लागि मिचेल लेभिटले सर्बाधिक १३५ रन बनाए । साइब्रान्ड एंगेलब्रेक्ट ४० बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए ।
यस्तै तेजा निणामानिरु ३ बलमा ३ छक्कासहित १८ रनमा रन आउट भए । ओपनर म्याक्स ओडाउड ५ रनमै आउट भए ।
नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बेन सिकोंगो र जान फ्रेलिंकले १/१ विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० १३:३३
प्रतिक्रिया दिनुहोस्