Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेसबुक, युट्युबलगायत सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै पाकिस्तान

आइतबार, फागुन २०, २०८०

इस्लामवाद - पाकिस्तानमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । त्यहाँको संसदमा एउटा प्रस्ताव पेस गरिएको छ । यसमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् । पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसदमा सो प्रस्ताव पेस गरेका हुन् ।

रोचक कुरा चाहिँ के छ भने तांगीको कार्यकाल मार्च ११ मा सकिँदै छ । ‘सामाजिक सञ्जालको नकारात्मक असरबाट युवा पुस्तालाई जोगाउन यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ प्रस्तावमा भनिएको छ । सामाजिक सञ्जालले देशको युवा पुस्तालाई नराम्ररी प्रभावित गरिरहेको अनि धर्म र संस्कृतिविरुद्ध सामाजिक सञ्जालको प्रयोग भइरहेको प्रस्तावमा उल्लेख गरिएको छ । यसले गर्दा आम मानिसबिच भाषा र धर्मका आधारमा घृणा बढ्दै गएको पनि प्रस्तावमा बताइएको छ । सामाजिक सञ्जालको प्रयोग राष्ट्रिय हितमा नभएको दाबी तांगीको छ ।

सामाजिक सञ्जालमार्फत देशका सुरक्षा निकायविरुद्ध कुप्रचार भइरहेको उनको तर्क छ । सामाजिक सञ्जालमा झुटा समाचारहरू प्रसारित भइरहेको र यसले नक्कली नेतृत्वलाई बढवा दिने भन्दै उनले आफ्ना तर्कहरू अगाडि सारिरहेका छन् । हालै सम्पन्न आम निर्वाचनमा सामाजिक सञ्जालको भूमिका निकै बलियो देखिएको थियो । 

पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईमा सबै खालको सरकारी प्रतिबन्ध र दबाबको बाबजुद सामाजिक सञ्जालकै बलमा खानको पार्टीले समर्थन गरेका उम्मेदवारहरूले अधिकतम सङ्ख्यामा सिट जितेका थिए । यस्तो बेलामा पाकिस्तानमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने माग उठिरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार